केही समयअगाडि कृष्णप्रसाद पाइजाको नाममा जारी भएको पोर्चुगलको TRC Card सुशिल रावलज्यूको घरको ठेगानामा आएको रहेछ। उहाँले उक्त कार्डका बारेमा सूचना प्रवाह गरिदिन हामीलाई अनुरोध गर्नुभयो।
हामीले सामाजिक सञ्जालमार्फत सूचना राखेको केही समय नबित्दै, सूचनाको प्रभावका कारण सम्बन्धित कार्ड धनीले आफ्नो कार्ड सुरक्षित रूपमा प्राप्त गर्नुभएको छ।
सहयोगी मनका धनी सुशिल रावलज्यूलाई यो उदाहरणीय कार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। यसरी नै एक-आपसमा सहयोगी भावनाका साथ अघि बढौँ।
#NRNAPortugal#ServiceUpdate#NepalInPortugal#CommunitySupport
अध्यक्ष: बम बहादुर जि.सी.
महासचिव: गुरु पेमा तामाङ
प्रवक्ता: नबराज घर्ती
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल