प्रमाणीकरण गर्नुपर्ने कागजात जतिसक्दो चाँडो एनआरएनए कार्यालयमा रजिस्टर गर्नुहुन विशेष सूचना !

(कार्यालय शनिबार, आइतबार पनि खुला रहनेछ)

नेपाली राजदूतावास पेरिस, फ्रान्सले प्रमाणीकरण गर्ने प्रहरी रिपोर्ट लगायतका विभिन्न कागजातहरु गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा सहजीकरणका लागि डकुमेन्ट संकलन गरी समन्वय गर्ने कार्य भइरहेको सबैमा जानकारी नै छ ।

जो जो सेवाग्राही महानुभावहरुको १ सेप्टेम्बर २०२४ बाट आप्रवासन नियमन कार्यालय (AIMA) लगायतका निकायहरुमा एपोइन्टमेन्ट छ र महत्त्वपूर्ण कागजपत्रहरु प्रमाणीकरण गर्नु पर्नेछ, उहाँहरुले आआफ्नो प्रमाणीकरण गर्नुपर्ने कागजात लगायत अन्य आवश्यक डकुमेन्टको सक्कलप्रति सहित गैरआवासीय नेपाली संघको कार्यालय लिस्बन पोर्चुगलमा २७ तारिख मंगलबारभित्र सम्पर्क गरी रजिस्टर गर्नुहुन अनुरोध गरिन्छ ।

प्रमाणीकरण गर्नुपर्ने कागजातहरु तत्काल आवश्यक भएका व्यक्तिहरुलाई प्राथमिकताको आधारमा सहजीकरण गरिनेछ ।

यस सम्बन्धमा गैरआवासीय नेपाली संघ पोर्चुगलले आधिकारिक रूपमा गर्ने काम बाहेक अन्य व्यक्ति वा समुहबाट भए गरेका कामकारवाही वा गतिविधिको बारेमा भने संघको कुनै जिम्मेवारी रहने छैन् । संघले जारी गर्ने सम्पूर्ण आधिकारिक सूचनाहरु गैरआवासीय नेपाली संघ पोर्चुगलको पेजबाट वा लेटरप्याडमा प्रकाशित गरिनेछ ।

कागजात संकलन शुरु हुने दिन : २१ अगस्ट २०२४ बुधबारदेखि २७ अगस्ट मंगलबार ।

समय : विहान १०ः०० बजेदेखि दिनको ५ : ०० बजेसम्म ।

गैरआवासीय नेपाली संघको कार्यालय लिस्बन, पोर्चुगलको ठेगाना :

Rua de Arroios 107, 1150-053 Lisboa

What’s App: +351 920 407 589(म्यासेजका लागि मात्र)

Email: att@nrna.pt

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *