पोर्चुगलको राहदानी शिविर सम्पन्न : सबैप्रति हार्दिक आभार र धन्यवाद !
राहदानी विभाग काठमाडौ र नेपाली राजदूतावास पेरिस, फ्रान्सबाट आएको टोलीबाट गैरआवासीय नेपाली संघ पोर्चुगलको व्यवस्थापन र संघ कै कार्यालय लिस्बनमा २ अगस्ट २०२४ शुक्रबारबाट सुरु भएको राहदानी शिविर १३ अगस्ट मंगलबार बाट सकिएको छ । १२ दिन चलेको शिविरमा जम्मा ३ हजार ८ सय २९ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भएको छ ।
शिविर संचालनको लागि राहदानी विभाग काठमाडौबाट आउनु भएका विभागका निर्देशक मोतीबहादुर श्रीस, अधिकृत किरणकुमार गुरुङ, नेपाली राजदूतावास पेरिस फ्रान्सबाट आउनु भएका तृतीय सेक्रेटरी दीपेन्द्र साह, प्राविधिक सरोज बस्नेत सम्मिलित टोली, लिस्बनस्थित अवैतनिक नेपाली महाबाणिज्यदुत, गैरआवासीय नेपाली संघ सम्बद्ध सम्पूर्ण साथीहरू, पोर्चुगलस्थित नेपाली संघ-संस्थाका महानुभावहरु, स्वयंसेवक साथीहरू, पत्रकार मित्रहरू र शिविरमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबै महानुभाव एवं सेवाग्राहीहरुमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौं ।
गैरआवासीय नेपाली संघ, पोर्चुगल ।
