पोर्चुगल – मगर समाज शाखा अलेन्तेजोले पोर्चुगलको अलेन्तेजो क्षेत्रमा माघे संक्रान्तिको अवसरमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बम बहादुर जी.सी.को सहभागिता रहेको छ।

कार्यक्रममा अध्यक्ष जी.सी.ले माघे संक्रान्तिको सांस्कृतिक तथा सामाजिक महत्वबारे प्रकाश पार्दै विदेशमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र नेपाली संस्कृति संरक्षणमा यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। साथै, उहाँले मगर समाज शाखा अलेन्तेजोले नेपाली मौलिक संस्कृति जगेर्ना गर्दै समुदायलाई एकताबद्ध बनाएकोमा प्रशंसा गर्नुभयो।

उक्त कार्यक्रममा पोर्चुगलका विभिन्न स्थानबाट आएका नेपाली समुदायका अगुवाहरू, संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा परम्परागत सांस्कृतिक प्रस्तुतिहरू, शुभकामना आदान–प्रदान तथा आपसी भेटघाटसमेत गरिएको थियो।

मगर समाज शाखा अलेन्तेजोले आगामी दिनहरूमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *