लिस्बन। स्वर्गीय श्री प्रशान्त ज्ञवालीज्यूको दुःखद् निधनपछि उहाँको पार्थिव शरीर आगामी मंगलबार, डिसेम्बर २० तारिख का दिन QR 0344 नम्बरको उडानमार्फत नेपाल पठाइने भएको छ।

सबै आवश्यक प्रक्रिया पूरा गरी पार्थिव शरीर नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले जनाएको छ ।

दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *