NRNA Portugal सदस्यता लिने सम्बन्धमा

(अन्तिम मिति: २५ जनवरी २०२६)

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्
(NRNA–NCC, Portugal)
पोर्चुगल

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA–ICC) मा बृहत एकताको लागि सहमति भई, आगामी फेब्रुअरी महिनाको अन्तिम साता आयोजना हुने बृहत एकताको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन को सन्दर्भमा केन्द्रबाट प्राप्त परिपत्र बमोजिम NRNA–NCC, Portugal ले आफ्ना पञ्जिकृत सदस्यता पुनः खुला गरेको व्यहोरा जानकारी गराइन्छ।

सम्बन्धित सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई सदस्यता लिएर आफ्नो हक, अधिकार तथा मताधिकार सुनिश्चित गर्न हार्दिक अनुरोध गर्दछौँ।

सदस्यता प्राप्त गर्ने प्रक्रिया, नीति तथा नियमहरू:

  1. सदस्यता NRNA–Portugal को सन् २०२५–२०२७ कार्यकाल तथा १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन का लागि पुनः खुलाइएको हो।
  2. सदस्यता भर्ने अन्तिम मिति: २५ जनवरी २०२६
  3. सदस्यता लिन SMART NRNA एप्लिकेसन (Google Play Store वा Apple App Store) डाउनलोड गरी आवश्यक सम्पूर्ण विवरण तथा कागजात अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
  4. पुराना सदस्यहरूले आफ्नो इमेल/फोन नम्बर र पासवर्ड प्रयोग गरी एपमार्फत सदस्यता नवीकरण (Renew) गर्न सक्ने सुविधा उपलब्ध छ।
  5. सदस्यता शुल्क १० (दश) युरो तोकिएको छ, जुन NRNA Portugal द्वारा तोकिएका पदाधिकारी वा सदस्यहरूलाई नगद बुझाउनुपर्नेछ।
  6. एपमा बीचमै छोडिएका आवेदनहरू Draft मा रहने हुँदा बाँकी विवरण स्वयंले पूरा गर्नुपर्नेछ; अधूरा आवेदनहरू स्वीकृत हुने छैनन्।
  7. सम्पूर्ण विवरण पूरा भएका आवेदनहरू मात्र भेरिफिकेसन समितिमा पेश भई विधि, नियम र नीति अनुसार स्वीकृत गरिनेछ।
  8. सदस्यता प्राप्त गरेपछि पनि संघको हित वा विधान विपरीत कार्य गरेको ठहर भएमा सदस्यता खारेज गर्न सकिनेछ
  9. SMART NRNA एप बाहेक अन्य कुनै माध्यमबाट आएका आवेदनहरू मान्य हुने छैनन्
  10. सदस्यता वितरणमा कुनै किसिमको नियम विपरीत कार्य देखिएमा विधानअनुसार आवश्यक निर्णय कार्यान्वयन गरिनेछ।
  11. पुराना सदस्यता कार्डहरू नयाँ प्रक्रियामा मान्य नहुने भएकाले नयाँ विवरणसहित २०२५–२०२७ कार्यकालका लागि पुनः सदस्यता लिनुपर्नेछ
  12. एउटै व्यक्तिको एकभन्दा बढी आवेदन परेमा भेरिफिकेसन समितिद्वारा छानबिन गरी एउटा बाहेक अन्य सबै आवेदन खारेज गरिनेछ
  13. सदस्यताका लागि रेजिडेन्सी कार्ड, नेसनालिटी वा पासपोर्ट, ड्राइभिङ लाइसेन्स, वा नेपाली पासपोर्टसहितको भिसा आवश्यक हुनेछ।
  14. सदस्यता वितरण प्रक्रियाको अनुगमनका लागि सुपरभिजन समिति गठन गरिएको छ।
  15. प्रक्रिया वा आवेदन सम्बन्धी कुनै समस्या भएमा कार्यसमितिका अध्यक्ष, महासचिव, पदाधिकारी, भेरिफिकेसन वा सुपरभिजन समितिसँग सम्पर्क गर्न सकिनेछ।

पुनश्च:

पोर्चुगलमा रहनुहुने सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूलाई समयमै सदस्यता लिनुहुन तथा यसको व्यापक विस्तारका लागि सहयोग, प्रेरणा र प्रोत्साहन दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *