गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष बम बहादुर जीसीले आफू जनताको सेवामा समर्पित भएर निरन्तर काम गरिरहेको बताउनुभएको छ।

नेपालीज वुमन एसोसिएसन पोर्चुगलको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष जीसीले २४ सै घण्टा नेपाली समुदायको हितका लागि दौडधूप गर्दै सेवा गरिरहेको उल्लेख गर्नुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली समाजका समस्या समाधान र समग्र विकासका लागि सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष जीसीले नेपाली समुदायले सामना गरिरहेका चुनौतीहरूलाई बेवास्ता नगरी समाधानमुखी सोचका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

यसै क्रममा उहाँले नेपालीज वुमन एसोसिएसन पोर्चुगलले हालसम्म गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि आपसी संवाद, सहकार्य र समन्वयलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *