आज वसन्त पञ्चमी, सरस्वती पूजा अर्थात् प्रकाशको पर्व हो।
वसन्तको आगमनसँगै यस पावन दिनमा ज्ञान, कला र संगीतकी देवी सरस्वतीको पूजा–आराधना गरिन्छ। यही दिन बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको छ।
अज्ञानता, आवेग र अन्धकारलाई हटाउँदै संस्कार, विवेक र ज्ञानको उज्यालो मार्गतर्फ अग्रसर हुन यस पवित्र दिनले हामी सबैलाई प्रेरणा प्रदान गरोस्।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको हार्दिक शुभकामना।
शुभकामना सहित
अध्यक्ष: बमबहादुर जि.सी.
महासचिव: गुरु पेमा तामाङ
प्रवक्ता: नबराज घर्ति मगर
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल