स्वर्गीय प्रशान्त ज्ञवालीको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर–आवासीय नेपाली संघ (NRNA) पोर्चुगलले गरेको सहयोग अपिलमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
पोर्चुगलमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आ–आफ्नो स्थानबाट देखाउनु भएको आर्थिक, नैतिक तथा मानवीय सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौं।
सहयोगी दाताहरूको नामावली र योगदान यस प्रकार रहेको छः
- गुल्मी समाज – ५१ युरो
- चितवन समाज – ५१ युरो
- नेपालीज वुमेन्स एसोसिएसन पोर्चुगल – ५५ युरो
- गैर–आवासीय नेपाली संघ (NRNA) पोर्चुगल कार्यसमिति – २०० युरो
अध्यक्ष बम बहादुर जिसि को रोहबरमा जम्मा सहयोग रकम – ३३१३ युरो
स्वर्गीय प्रशान्त ज्ञवालीको पार्थिव नेपाल पठाउन कुल खर्च – ४,१०० युरो लाग्नेछ। बाँकी रकम परिवारको तर्फबाट पूरा गरिएको छ।
यस दुःखद घडीमा देखाइएको एकता, सहकार्य र सद्भावना नेपाली समुदायको मजबुत सम्बन्धको उदाहरण हो। सहयोग पुर्याउनु हुने सबैप्रति पुनः हार्दिक धन्यवाद।









