नेपाल घर दाङ भई केही समयदेखि पोर्चुगललाई कर्मथलो बनाउँदै आउनु भएका स्वर्गीय प्रशान्त ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्दछौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल उहाँप्रति श्रद्धा सुमन प्रकट गर्दछ।
स्वर्गीय ज्ञवालीको घर परिवारले उहाको शबलाई नेपाल लैजाने इच्छा देखाउनुभएको थियो । तर नेपालमा शव पठाउनु त्यति सहज विषय होइन। कागजी, कानुनी तथा आर्थिक सबै पक्षको उचित व्यवस्थापन भएपछि मात्र यो सम्भव हुन्छ।
मध्यम वर्गीय परिवार, जसले ऋण काढेर युरोप पठाउँछन् र फेरि ऋण नै गरेर शव नेपाल पठाउने प्रयास गर्नुपर्छ, त्यो पीडा माथि थप पीडा हो। परिवारको अवस्था बुझी, परिवारमाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका अध्यक्ष श्री बामबहादुर जिसीको पहलमा विभिन्न निकायहरूसँग समन्वय गरी सहयोग संकलन गरि शब नेपाल पुगेको छ ।
सबै सहयोगी दाताहरूको माध्यमबाट शव नेपाल पठाउन कुल खर्च ४१०० युरो जुटाइएको छ।
यस कार्यमा साथ, सहयोग र सद्भाव प्रकट गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरूलाई हार्दिक धन्यवाद।
सहयोगी दाताहरूको विवरण यस प्रकार रहेको छः
1. Vila Novo बाट एकबहादुर खत्रीको नेतृत्वमा – १०५ युरो
2. Cabaleiro बाट हरि कडेलको नेतृत्वमा – ११५५ युरो
3. दाङ्गाली समाज, Summersberry र Bujunik Company बाट – २००१ युरो
4. गुल्मी समाज – ५१ युरो
5. Nepalese Women Association Portugal – ५५ युरो
6. चितवन समाज – ५१ युरो
7. NRNA कार्यसमिति – २०० युरो
8. प्रवासी नेपाली मञ्च, दीपक खत्रीको नेतृत्वमा – ९१ युरो
9. Aramsaudipera बाट बसन्त भुसालको नेतृत्वमा – ३७० युरो
10. समाजसेवी गीता राना – २१ युरो
कुल जम्मा: ४१०० युरो
अध्यक्ष : बम बहादुर जि.सी.
महासचिव: गुरु पेमा तामाङ
विपद् व्यवस्थापन संयोजक: प्रकाश तामाङ
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, पोर्चुगल