पोर्तुगल स्थित सम्पुर्ण नेपालि संघ संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरु , विभिन्न बैचारिक संघ संगठनका प्रमुख एवं प्रतिनिधि ज्यु हरु लगायत यहाँ स्थित सरोकारवाला निकायहरुमा नमस्कार ।पोर्तुगलमा नेपाली हरुको आगमन बढेसंगै यहाँ उत्पन्न हुनसक्ने विभिन्न समस्या हरुको न्यूनीकरण गर्ने हेतुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले मिति ०८ अक्टोबर २०२३ आइतबारको दिन दिउँसो २:३० बजे (भोलि) संस्थाको कार्यालय लिस्वनमा एक अन्तरक्रिया तथा दिगो शव ब्यबस्थापन लगायत विविध बिषयहरुमा छलफल बिचार विमर्श सल्लाह र सुझाबको लागि बिशेष बैठक र छलफल कार्यक्रम आयोजना गरेको छ । यसै संधर्वमा सम्पुर्ण संघ संस्था लाई पत्र पठाइसकेको ब्यहोरा जानकारी गराउँदै कदमकादपी पत्र पाउन नसक्नुभएको भए पनि यसै सूचना लाई आधार मानी आफ्नो संघसंस्था बाट प्रतिनिधित्व हुने गरि अध्यक्ष वा एक जना प्रतिनिधि उक्त बैठकमा उपस्थिति गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *