सहयोगको लागि हार्दिक धन्यावाद ।
बाग्लुङ जिल्ला बडिगाड गाँउपालिका–१ स्थायी घर भइर्् हाल पोर्चुगलमा बस्दै आउनु भएका करिब २८ बर्षका टेकबहादुर दर्लामीको यही अगस्ट १६, २०२३ तारीख पोर्चुगलको जम्बुजेइरामा र झापा जिल्ला गौरादह नगरपालिका–३ स्थायी घर भइ हाल पोर्चुगलको लिस्बन बस्दै आउनु भएका करिब ३१ बर्षका अजय थापाको यही १७ अगस्ट २०२३ मा असायिक निधन भएको र त्यसैगरि खोटाङ जिल्ला स्थायी घर भइ हाल पोर्चुगलको टोरेस भेद्रास बस्दै आउनु भएका करिब ८६ बर्षका रामभक्त भण्डारीको यही अगस्ट २८, २०२३ तारिख असायिक निधन भएको थियो । मृतकको आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । यस्तो दःुखद परिस्थतीमा उहाँका नावालक छोरा छोरीहरुको शिक्षा दिक्षा र भरण पोषणमा लाग्ने खर्चमा स्वेच्छिक सहयोग गर्न चाहने पोर्चुगलमा रहनुहुने शुभचिन्तकहरुद्वारा आ–आफ्नो क्षेत्रबाट आर्थिक, भौतिक र मानविय सहयोग गरि यस मानविय धर्ममा साथ सहयोगको लागि हृदयबाट हार्दिक धन्यावाद व्यक्त गर्दछौं ।
स्व. अजय थापाको शव नेपाल पठाउँदा लागेको ३३००यू (तेतिस्सय यूरो मात्र),
स्व. टेकबहादुर दर्लामीको ६७०यू (छसय अठाईस यूरो मात्र) नपुग रकम संकलित सहयोग रकमबाट नै खर्च गरिएको र
स्व. रामभक्त भण्डारीको शव पोचुगलमा नै व्यवस्थापन गरिँदा १३००यू (तेह्रसय यूरो मात्र) सोहि संकलित रकमबाट खर्च गरिएको र वाँकि रकम ८५८ यूरो (आठसय अन्ठाउन्न यूरो मात्र) स्व. टेकबहादुर दर्लामीको परिवारको सहयोगार्थ उनको परिवालाई हस्तान्तरण गरिने जानकारी गराउँदछौं ।
जम्मा संकलित रकमः– €६१२८.00 (छ हजार एक सय अठाईस् यरो मात्र)


