श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध !
नेपाल उदयपुर जिल्ला घर भई , हाल सुनसरी बसोबास गर्दै आउनु भयको र बिगत १० महिना बाट वैदेशिक रोजगारीको सिलसिलामा पोर्तुगलमा रहनु भयको डिक बहादुर महतराको काम गर्ने ठाउँमा अचानक बेहोस भयको र इभोरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबर हामिमाझ सवैलाई थाहा भएको कुरा हो । तसर्थ स्वर्गीय डिक बहादुर महतराको अन्तिम श्रद्धाञ्जली कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा यहाँहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
श्रद्धाञ्जली कार्यक्रम :
मिति : ०३ नोभेम्बर २०२३, शुक्रबार ।
समय : दिनको ३ :०० बजे ।
स्थान : हस्पिटल साओ जोसे मार्तिमुनिजको अगाडि फ्यूनिराल कापुसो ।
Rua Manuel Bento de Sousa No.2
1150-219 Lisboa.
– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA, Portugal), पोर्चुगल ।