
E-PASSPORT
Passport/(राहदानी)
यस राजदूतावासबाट मिति २०७९ साउन ११ गते बाट विद्युतीय राहदानी (e-Passport) जारी गर्न शुरू गरिएको छ ।
यस राजदूतावासको कार्यक्षेत्र अन्तर्गत फ्रान्स, पोर्चुगल, मोनाको, तथा एण्डोरा पर्ने भएकोले यी मुलुकहरूमा रहनु भएका नेपालीहरूले यस राजदूतावासमा विद्युतीय राहदानीका लागि आवेदन दिन सक्नुहुनेछ ।
१. विद्युतीय राहदानीको निमित्त आवेदन दिने तरिकाः
विद्युतीय राहदानीको निमित्त यस नियोगमा आवेदन दिँदा निम्न प्रक्रिया अपनाउनु पर्दछः
क) राहदानीका लागि सर्वप्रथम अनलाइनबाट फाराम भरी निर्धारित तरिका अनुसार मिति र समय बुक गर्नु पर्दछ । फाराम भर्नका लागि यहाँ क्लिक https://emrtds.nepalpassport.gov.np/ गर्नु होस र फाराम भर्ने सम्बन्धमा जानकारीका लगि यहाँ क्लिक (https://nepalpassport.gov.np/application-procedure/) गर्नुहोस ।
(Note: We urge/request you to have utmost patience while filling the form, as the system is in the initial stages. We apologize for any inconvenience caused during the form fill-up.)
ख) राहदानीका निमित्त आवेदन दिने पेज खुले पश्चात् दिएको निर्देशन अनुसार सबै सूचनाहरू भर्दै जानुहोस् । आवेदन फाराम भर्दा त्रुटि नहोस् भन्नका लागि होसियारीपूर्वक भर्नु पर्दछ । आवेदन फाराम भरे पश्चात् ‘book an appointment’ भन्ने निम्न अनुसारको पृष्ठमा पुग्नुहुनेछः
