हार्दिक आभार तथा धन्यवाद !
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा प्रकाशित “नेपाल-पोर्चुगल दर्पण स्मारिका २०२४” हिजो आइतबार २१ जुलाई २०२४ का दिन लिस्बनमा एक भव्य समारोहका बीच विमोचन भएको छ । लामो मेहनत र प्रयत्नपछि एनआरएनए पोर्चुगलको इतिहासमा नै एउटा महत्त्वपूर्ण पुस्तक प्रकाशन र लोकार्पण भएको छ । संघले प्रकाशन गरेको यो स्मारिका आम पोर्चुगलबासी नेपाली दाजुभाइ, दिदिबहिनीका लागि अत्यन्त उपयोगी र संग्रहणीय पुस्तक हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
यस अवसरमा विमोचन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित संस्थापक अध्यक्ष पूर्ण हमाल लगायत अन्य अतिथि गणहरु र सहभागी सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । यो पुस्तक प्रकाशनका लागि एनआरएनए एनसीसी पोर्चुगलको सिङ्गो कार्यसमिति साथीहरु, स्मारिका सम्पादन समितिका संयोजक/सम्पादक आइसीसी सदस्य राजकुमार थापा एवं सम्पादन समितिका सम्पूर्ण साथीहरू, लेख रचना उपलब्ध गराउनु हुने लेखक तथा श्रष्टा महानुभावहरु, शुभकामना दिनुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्री, पेरिसस्थित महामहिम नेपाली राजदूत, लिस्बनस्थित महाबाणिज्यदूत, संस्थापक अध्यक्ष लगायत व्यवस्थापन तथा विज्ञापन संकलन समिति एवं शुभकामना तथा व्यवसायिक विज्ञापन उपलब्ध गराउने महानुभाव, संघ-संस्था, कम्पनी साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने,
सद्भाव र सुभेच्छा राख्नुहुने सबै दिदीबहिनी तथा दाजुभाइहरुमा गैरआवासीय नेपाली संघ पोर्चुगलको तर्फबाट हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौं ।
- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल ।






































































