३१ जुलाइ २०२४
प्रेस विज्ञप्ति
विषय : पोर्चुगलमा राहदानी सेवा उपलब्ध गराउने सन्दर्भमा स्थान र व्यवस्थापन बारे ।
प्रस्तुत विषयमा पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय एवं सहजीकरणमा पोर्चुगलको राजधानी लिस्वनस्थित राहदानी विभाग एवं फ्रान्सस्थित नेपाली राजदूतावासबाट आउने टोलीले यही २०२४ अगष्ट २ देखि ११ तारिखसम्म (२०८१ साउन १८ देखि २७ गतेसम्म) जैविक तथ्यांक संकलन गर्न लागेको कुरा सर्वविदितै छ ।
कुटनैतिक र राज्यको सुरक्षा एवं गोपनीयता मामला भित्र पर्ने राहदानीको जैविक तथ्यांक संकलन गर्ने जस्तेा कार्य अत्यन्त संवेदनशील विषय भएकोले उक्त शिविर संचालनको स्थान र व्यवस्थापनका बारेमा गैरआवासीय नेपाली संघ पोर्चुगललाई नेपाली राजदूतावास पेरिस फ्रान्सबाट आज मिति ३१ जुलाई २०२४ बुधबार प्राप्त पत्र बमोजिम उक्त शिविरको कानुनी, सुरक्षा र व्यवस्थापनको सम्बन्धमा जिम्मेवारी र दाहित्व लिने बारेमा स्पष्ट भएकोले जैविक तथ्यांक संकलन गर्न आवश्यक पर्ने स्थान लिस्वनस्थित गैरआवासीय नेपाली संघ पोर्चुगलले समेत प्रयोग गर्दै आएको हल उपलब्ध गराउने सहमति भए बमोजिम हल व्यवस्थापन भइरहेको जानकारी गराउन चाहन्छौं ।
उक्त शिविर तल उल्लेखित पहिले सार्वजनिक भएको ठेगानामा नै शान्तिपूर्ण, सहज र सौहार्दपूर्ण ढंगबाट सम्पन्न गर्न पोर्चुगल स्थित सम्पूर्ण संघ–संस्था, सामाजिक अगुवा र तमाम सेवाग्राही दाजुभाइ दिदीबहिनीहरुमा गैरआवासीय नेपाली संघ पोर्चुगल हार्दिक आग्रह गर्दछ ।
यसैबीच अर्को व्यवस्था नहुँदासम्म पोर्चुगलको आम नेपाली समुदायको हितलार्इ ध्यानमा राखेर पोर्चुगलमा महाबाणिज्य दूतावासको सेवा निरन्तर सुचारु गर्ने व्यवस्था गरियोस् भनी पेरिसस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयसंग जोडदार आग्रह र माग गर्दछौं ।
राहदानी सेवा उपलब्ध गराउने स्थानकेा ठेगानाः
Rua de Arroios 107, 1150-053 Lisboa, Portugal (एनआरएनए पोर्चुगलकेा कार्यालय रहेकेा स्थान)
नेाटः अन्य सम्पूर्ण जानकारीका लागि नेपाली राजदूतावास पेरिस, फ्रान्सबाट प्रकाशित सूचना र जानकारीहरू हेर्नुहुन अनुरोध गरिन्छ ।
धन्यवाद ।
उमेशकुमार खड्का
अध्यक्ष
दिपेश विष्ट
का.वा.महासचिव